काठमाडौं : प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । असार ८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १८.९४७४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्वावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।
Advertisment