काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.१३ अंकले बढेर २६०४.११ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ३२.१६ अंकले घटेर २६९६.७४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १२३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा छ अर्ब ४७ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा नौ अर्ब १४ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज राधी विद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५२ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment