Below Menu
Below Menu

झिनो अंकले घट्याे बजार, निरन्तर खुम्चिदै कारोबार 

झिनो अंकले घट्याे  बजार, निरन्तर खुम्चिदै कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार झिनो अंकले घटेकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.२२ अंकले घटेर २६००.५३ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ८.१३ अंकले बढेर २६०४.११ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १०७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४२ कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा पाँच अर्ब ७६ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा छ अर्ब ४७ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज बुटवल पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २७ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको हो । आज एनआईसी एशिया डिबेञ्चरको शेयरमूल्य ५ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार