काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो घटेकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.३३ अंकले घटेर २६००.२० बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ०.२२ अंकले घटेर २६००.५३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ११२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा पाँच अर्ब ९४ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।मंगलबार नेप्सेमा पाँच अर्ब ७६ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज बुटवल पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५३ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा मोर्दी इनर्जी कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ५ प्रतिशतले घटेको छ ।
Advertisment