Below Menu
Below Menu

२६ सय बिन्दुबाट तल झर्यो शेयर बजार, सात अर्ब ७८ करोडको कारोबार 

२६ सय बिन्दुबाट तल झर्यो शेयर बजार, सात अर्ब ७८ करोडको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.४५ अंकले घटेर २५९५.७४ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ०.३३ अंकले घटेर २६००.२० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ९३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५५ कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा सात अर्ब ७८ करोड दुई लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा पाँच अर्ब ९४ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज बुटवल पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६२ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा ग्रीन डेभलपमेन्ट बैंक रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९.१८ प्रतिशतले बढेको हो । आज रिलायबल समृद्ध योजनाको शेयरमूल्य ९.३० प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार