काठमाडौं : प्रभु हेलिकप्टर प्रालिले सन् २०२४ मा ४१ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । उक्त रकम सन् २०२३ को तुलनामा भने ३७.६४ प्रतिशतले कम हो ।
केयर रेटिङ नेपालका अनुसार सन् २०२३ मा कम्पनीले ४१ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै कम्पनीले सन् २०२२ मा २२ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२ को तुलनामा भने कम्पनीको व्यापार बढेको छ ।
सन् २०१५ मा स्थापित प्रभु हेलिकप्टर प्राइभेड लिमिटेडले मुक्तिनाथ एयरलाइन्स प्रालिको व्यवसाय आफ्नो हातमा लिएको थियो । कम्पनीमा सात जना बोर्ड सदस्य रहेका छन् । कम्पनीका अध्यक्ष देवीप्रकाश भट्टचन रहेका छन् ।
कम्पनीले आन्तरिक हेलिकप्टरको सुविधा दिँदै आएको छ । कम्पनीले हिमाली दृश्य, दर्शनीय स्थलहरू र मेडेभ्याक निकासी सेवाहरूको सुविधा दिँदै आएको छ ।
प्रभु ग्रुपद्वारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६४ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६१ करोड ९९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ करोड रुपैयाँको रेटिङ गराएको छ
केयर रेटिङ नेपालले कम्पनीको ऋणलाई ‘केयर–एनपी’ ‘सिंगल–बी’ रेटिङ दिएको छ । यसले क्रेडिट रेटिङले सम्बन्धित संस्था वा उपकरणले वर्तमान अवस्थामा ऋण तिर्न सक्ने क्षमता त छ, तर त्यसमा उच्च जोखिम रहेको छ भन्ने जनाउँछ ।
Advertisment