काठमाडौं : सरकारले सहकारी कर्जा असुली न्यायाधीकरण गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कीर्तिबहादुर बस्नेतको अध्यक्षतामा न्यायाधीकरण गठन गरेको हो ।
त्यस्तै न्यायाधीकरणको सदस्यहरूमा धनकुटाका वसन्त राज पुरी र तनहुँका गोविन्द शर्मा गैरै रहेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा सरकारले न्यायाधीकरण गठन गरेको एक मन्त्रीले जानकारी दिए।
Advertisment