Below Menu
Below Menu

लाइफ इन्स्योरेन्स कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

लाइफ इन्स्योरेन्स कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं : लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) एलआईसीको लाभांश सुरक्षित गर्ने आज (असार १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि असार १६ गते बुक क्लोज गर्ने भएको छ ।

जसअनुसार आजसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । कम्पनीले आवको वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको २३ औं वार्षिक साधारण सभा असार ३० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावालाखेल, ललितपुरमा बिहान १० बजे सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ । 

Advertisment

थप समाचार