Below Menu
Below Menu

उच्च अंकले बढ्यो शेयर बजार, सात अर्ब १२ करोडको कारोबार 

उच्च अंकले बढ्यो शेयर बजार, सात अर्ब १२ करोडको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६.५३ अंकले बढेर २६२२.२८ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ४.४५ अंकले घटेर २५९५.७४ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १८५ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६३ कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा सात अर्ब १२ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा सात अर्ब ७८ करोड दुई लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज साहस उर्जा लिमिटेड कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५७ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ५.५७ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार