काठमाडौं : नेपाल धितोपत्र बोर्डले दुईवटा ब्रोकर कम्पनी (धितोपत्र दलाल व्यवसायी) लाई नगद जरिवानासहित कारबाही गरेको छ । बोर्डले एप्पल सेक्युरिटिज र बेनी सेक्युरिटिजलाई नगदसहित कारबाही गरेको हो ।
बोर्डले समयमा लेखापरीक्षण भएको वित्तीय विवरण तथा आर्थिक विवरण बोर्डमा पेस नगरेको भन्दै दुईवटा ब्रोकरलाई कारबाही गरेको जनाएको छ ।
सेबोनले एप्पल सेक्युरिटिज प्रालिलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) र (२) बमोजिम तोकिएको समयभित्र आर्थिक वर्ष २०८०र८१ को लेखापरीक्षण भएको वित्तीय विवरण तथा आर्थिक विवरण बोर्डमा पेस नगरेकोले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम ५ हजार रुपैयाँ आर्थिक जरिवाना गरेको जनाएको छ ।
यस्तै बोर्डले बेनी सेक्युरिटिजलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) र (२) बमोजिम तोकिएको समयभित्र आर्थिक वर्ष २०८०र८१ को लेखापरीक्षण भएको वित्तीय विवरण तथा आर्थिक विवरण बोर्डमा पेस नगरेकोले भन्दै कारबाही गरेको हो ।
सेबोनले बेनी सेक्युरिटिजलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम ५ हजार आर्थिक जरिवाना गरेको जनाएको छ ।
Advertisment