काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरिएको निगमले जनाएको हो ।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले वृद्धि भएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले वृद्धि गरिएको छ ।
नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको नयाँ खुद्रा मूल्य १७५ रुपैयाँ, डिजेल तथा मट्टीतेलको मूल्य १६२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।