काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे एक लाख कित्ता बोनस शेयर सुचीकृत भएको छ । मंगलबार नेप्सेले युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको ४ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको एक लाख ७७ हजार २४० कित्ता बोनस शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment