Below Menu
Below Menu

२७ सय बिन्दुमा उक्लियो शेयर बजार, साढे नौ अर्बमा समेटियो कारोबार 

२७ सय बिन्दुमा उक्लियो शेयर बजार, साढे नौ अर्बमा समेटियो कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.१४ अंकले बढेर २७०३.९६ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ३४.४२ अंकले बढेर २६९४.८२ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १२२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२५ कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार बढेपनि कारोबार रकममा भने सामान्य गिरावट देखिएको छ । आज बजारमा नौं अर्ब ६४ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा नौं अर्ब ७४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज बुटवल पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३१ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा नेपाल फाइनान्स कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार