काठमाडौं : नाडा अटो शो २०२५ का लागि स्टल एलोकेसन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी आउँदो भदौ ३ देखि ८ गते (अगस्ट १९–२४, २०२५) सम्म भृकुटी मण्डप, काठमाडौंमा आयोजना हुँदैछ ।
वि.सं. २०५५ मा सुरु भएको नाडा अटो शो आजसम्म आई पुग्दा नेपाली अटो उद्योगको प्रमूख प्रदर्शनी बनेको छ, जसले प्रविधि, नवप्रवद्र्धन एवं गतिशीलतामा महत्वपूर्ण योगदान दिँदै आएको छ ।
सहभागी ब्रान्डहरूमा चार पाङग्रेतर्फ DEEPAL, AVATR, DONGFENG NAMMI, SERES, TATA, SUZUKI, TESLA, AION, XPENG, RIDDARA, SKY WELL, BYD, FOTON, BAW BRUMBY, JY AIR, BLAVAL, LS Auto, JINPENG. (18 Stalls) रहेका छन् ।
त्यस्तै दुई पाङग्रेचर्फ Hero, Royal Enfield, Zonson, Yamaha (4 Stalls) रहेका छन्। लाइट कमर्शियल भेहिकलमा NEW GONOW, DFSK, DONGFENG, KAMA, FOTON, SOKON, CG KYC/ KINGLONG, Montra, Skyworth, KAINIU, KAWEI/ NAVECO, SUNLONG (13 Stalls) रहेका छन् ।
सहभागीअटो कम्पोनेन्टहरूमा Asian, GULF, Duckhams, ATS ELGI/ELGI, MAFRA, MAXSHINE, WAVEX/ Kuruma, Massimo Nepal, Michelin, Liqui Moly, STC RIDE/ ENERGY, CEAT Tyre, JK/ Good Tyre, Spicer, Vulcan, ITR/ATF/USB/HOBE, CYG, KPI & Kohinoor, Manatec, Electric Vehicle Charger, TATA Green, Total Energies, STUDDS/ SMK, Microbiz, Horizon fct, MAK, PLO आदिको व्यापक उपस्थिति (More than 40 Stalls) रहेका छन् ।
यस संस्करणका विशेष आकर्षणहरूमा Made in Nepal klelnog, विन्टेज कार पभिलियन, अटो डायलग (नीति र प्रवृत्ति सम्बन्धी संवाद), इटेरी, क्याफे साथै, एक विशेष प्रदर्शन छिट्टै सार्वजनिक गरिने जनाइएको छ
यस संस्करणको टाइटल स्पोन्सरमा MAW Group of Companies रहने जनाइएको छ । जसले एक नविन र गैर–प्रतिस्पर्धी उत्पादनमार्फत शो मा सहभागी हुनेछ ।
नाडा अटो शो २०२५ अटोमोबाइल उद्योगप्रतिको जनचासो हुनुकासाथै, अत्याधुनिक प्रविधि तथा नेपालमा गरिएका इनोभेसनहरूको भव्योत्सव हुने विश्वास आयोजकको भनाई छ ।
Advertisment