Below Menu
Below Menu

विकाश हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ? 

विकाश हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ? 

काठमाडौं : विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा शेयर (आईपीओ) मा साढे एक करोड बढी कित्ताका लागि आवेदन परेको छ । 
कम्पनीले असार १८ गतेदेखि निष्कासन गरेको आईपीओमा असार २० गतेसम्म१४ लाख ७८ हजार ८३९ जना आवेदकले १ करोड ८२ लाख २४ हजार ३ सय २० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । 

कम्पनीको आईपीओमा  सर्वसाधारण शेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो सेयर” अनलाइन प्रयोग गरि सिआश्वा प्रणाली मार्फत असार २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हाल विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले प्रबद्र्धन गरेको माथिल्लो माछाखोला साना जलविद्युत आयोजनाको ४.५५ मे.वा. क्षमताको विद्युत मिति २०७९ साल फागुन १७ देखि व्यवसायीक उत्पादन गरि राष्ट्रिय प्रसारण लाईनमा जडान गरी बिक्री गरि रहेको छ । 

Advertisment

थप समाचार