काठमाडौं : नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक सुरेश थापाले राजिनामा दिएका छन् ।
थापा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक बनेका थिए । २०८१ पुष १६ गते बसेको महासंघ सञ्चालक समितिको बैठकले माघ १ गतेदेखि लागू हुनेगरी ४ वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको थियो ।
महासंघ स्रोतका अनुसार थापाले असार १५ गते राजिनामा दिएका हुन् । थापा असार १९ गतेदेखि ८ दिनको लागि बिदामा बसेका छन् । स्रोतका अनुसार चरम राजनीतिक हस्तक्षपका कारण आफूले काम गर्न नसेको बताउँदै राजिनामा दिएका हुन् ।
महासंघ सञ्चालक समितिको बैठक भोली (असार २२ गते) बस्दैछ । उक्त बैठकमा थापाको राजिनामा स्विकृतीसँगै छनोट उपसमिति गठन गर्ने एजेण्डा समेत राखिएको छ ।
Advertisment