काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.४० अंकले बढेर २७०६.३६ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ९.१४ अंकले बढेर २७०३.९६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६२ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने सामान्य गिरावट देखिएको छ । आज बजारमा नौं अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा नौं अर्ब ६४ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४९ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा नेपाल फाइनान्स कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । गुडबिल फाइनान्स डिबेञ्चरको शेयरमूल्य ८.८७ प्रतिशतले घटेको छ ।
Advertisment