Below Menu
Below Menu

आजबाट सञ्चालनमा आउँदै सहकारी कर्जा असुली न्यायाधिकरण

आजबाट सञ्चालनमा आउँदै सहकारी कर्जा असुली न्यायाधिकरण

काठमाडौं : सहकारी कर्जा असुली न्यायाधिकरण आजबाट सञ्चालनमा आउने भएको छ । एक कार्यक्रमको बीच अध्यक्ष र सदस्यहरुको सपथ ग्रहणसँगै कार्यालय उद्घाटन हुँदैछ ।

नेपाल सरकारले असार १३ गते कर्जा असुली न्यायाधिकरण गठन गरेको थियो । न्यायाधिकरणको अध्यक्षमा कीर्तिबहादुर बस्नेत, सदस्यहरुमा वसन्त राज पुरी र गोविन्द शर्मा गैरैलाई नियुक्त गरेको थियो ।

न्यायाधिकरणको कार्यालय सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रमा खडा गरिएको छ । आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

Advertisment