Below Menu
Below Menu

उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 

उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २२.०४ अंकले बढेर २७०५.९० बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ०.१४ अंकले घटेर २६८३.८६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १९९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४९ कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा सात अर्ब ४५ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा छ अर्ब ५७ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज राधी विद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४६ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा बरुण हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ६.२१ प्रतिशतले बढेको हो । आज ग्रीन डेभलपमेन्६ बैंकको शेयरमूल्य ४.४१ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार