Below Menu
Below Menu

उच्च अंकले बढ्यो शेयर बजार, साढे नौ अर्बमाथिको कारोबार 

उच्च अंकले बढ्यो शेयर बजार, साढे नौ अर्बमाथिको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१.८० बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से २२.०४ अंकले बढेर २७०५.९० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १६१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८७ कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा नौ अर्ब ६८ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा सात अर्ब ४५ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५७ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा माई खोला हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ८.१५ प्रतिशतले बढेको हो । आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.९२ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार