काठमाडौं : आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ । बैंक र लघुवित्त कम्पनीहरुको शेयरमा लगानीकर्ता चासो देखिएको छ ।
साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २९ अंकले बढेर २७६०.८०बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से २५.८९ अंकले बढेर २७३१.८० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १५८ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९० कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा नौ अर्ब ६८ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एनआईसी एशिया बैंक सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३७ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा एनआईसी एशिया बैंक र खानी खोला हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९३ प्रतिशतले घटेको छ ।
Advertisment