Below Menu
Below Menu

नेप्से परिसूचकमा उच्च अंकको करेक्सन, कारोबार रकम पनि खुम्चियो 

नेप्से परिसूचकमा उच्च अंकको करेक्सन, कारोबार रकम पनि खुम्चियो 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३५.०९ अंकले घटेर २७२५.७१ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २९ अंकले बढेर २७६०.८० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ५० कम्पनीको शेयरमूल्य बढेको छ । भने १९८ कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा आठ अर्ब १७ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४० करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा माई खोला हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ५.९० प्रतिशतले बढेको हो । आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४.४६ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार