Below Menu
Below Menu

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा शर्मालाई नियुक्त गरेको हो। 

२०८१ पुस १४ गते जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ मार्फत मुलुकमा संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्र भित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थानको नियमन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भएको थियो।

शर्मा तत्कालिन सहकारी विकास बोर्डका सदस्य सचिव थिए ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गठित सिफारिस समितिले प्राधिकरणको अध्यक्षका लागि अर्जुनप्रसाद पोखरेल, नारायण पौडेल र डा खगराज शर्माको नाम सिफारिस गरेको थियो । ३ जनामध्येबाट मन्त्रिपरिषद्को बैठकले शर्मालाई अध्यक्षमा नियुक्त गरेको हो ।

Advertisment