काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३४.४६ अंकले बढेर २७६०.१७ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ३५.०९ अंकले घटेर २७२५.७१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २०९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३९ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा नौ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा आठ अर्ब १७ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज बुटवल पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५२ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सुपर मादी हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ८.०८ प्रतिशतले बढेको हो । आज भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ४.६४ प्रतिशतले घटेको छ ।
Advertisment