Below Menu
Below Menu

ट्रेड टावरको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 

ट्रेड टावरको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ट्रेड टावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। मंगलबार नेप्सेले कम्पनीको ८१ लाख ५६ हजार ९७ कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३९ लाख ७१ हजार ६९३ कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ४२ लाख ८४ हजार ४०४ कित्ता शेयर गरी कुल ८१ लाख ५६ हजार ९७ कित्ता शेयर सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १२३.९ रुपैयाँदेखि ३६९.२७ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर संकेत ‘टीटीएल’ रहेको छ । 
 

Advertisment

थप समाचार