Below Menu
Below Menu

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्षद्वारा पदभार ग्रहण

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्षद्वारा पदभार ग्रहण

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रालयमा आयोजित एक कार्यक्रमको बीच अध्यक्ष शर्मालाई पद तथा गोपनियताको सपथ गराएका हुन् । साथै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्माले नियुक्तिपत्र हस्तान्तरण गरेका थिए।

त्यस लगत्तै प्राधिकरणको कार्यालय पुगेर अध्यक्ष शर्माले पद वहाली गरेका थिए । प्राधिकरणका सचिव रविन ढकालसहितको कर्मचारीले अध्यक्ष शर्मालाई स्वागत गरेका थिए ।

सरकारले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको प्रभावकारी नियमन गरी वित्तीय कारोबारमा स्वच्छता, पारदर्शिता र वित्तीय सुशासन कायमका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरेको थियो ।  

पद बहाली गर्दै अध्यक्ष शर्माले वित्तीय सहकारीमा देखिएका समस्या समाधान र व्यवस्थापनमा नेतृत्वदायी भूमिका प्राधिकरणले निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष शर्माले सरकारले तोकेको भूमिका निर्वाह गरी सहकारी क्षेत्रमा प्रभावकारी नियमन गर्ने कार्यमा सबै सरोकारवाला निकायहरुको सहयोगको अपेक्षा रहने विश्वास व्यक्त गरेका थिए ।

सोमबार (असार ३० गते) बसेको नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले ४ वर्षको लागि शर्मालाई नियुक्ति गर्ने निर्णय गरेको थियो ।

Advertisment