Below Menu
Below Menu

मोबाइलमाण्डुले ल्यायो ‘मनसुन धमाका सेल’, सात दिनसम्म ६० प्रतिशतसम्म छुट

मोबाइलमाण्डुले ल्यायो ‘मनसुन धमाका सेल’, सात दिनसम्म ६० प्रतिशतसम्म छुट

काठमाडौं : नेपालको अग्रणी अनलाइन इलेक्ट्रोनिक्स प्लेटफर्म मोबाइलमाण्डुले साउन १ गतेदेखि ७ गतेसम्म ‘मनसुन धमाका सेल’ सञ्चालन गर्ने भएको छ ।

‘अफरको चट्याङ, छुटको बतास ! ’ भन्ने नारासहित ल्याइएको यो विशेष अभियानमा ६० प्रतिशतसम्मको छुट, ९९९ रूपैयाँमा डेली फ्ल्याश सेल, ट्याब्लेटमा १० प्रतिशत छुट, एउटा किन्दा एउटा फ्री, र १० हजार रूपैयाँ बराबरको गिभअ‍ेवे लगायतका विविध अफरहरू उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकहरूलाई सहज र भरपर्दो किनमेल अनुभव प्रदान गर्ने उद्देश्यसहित सञ्चालन गरिने यो सात दिने अभियानअन्तर्गत २ हजार ४९९ रूपैयाँ भन्दा माथिको खरिदमा निःशुल्क डेलिभरीको सुविधा पनि दिइनेछ । साथै, मोबाइल तथा घरेलु उपकरणमा सजिलो किस्ताबन्दी ९ईएमआई० सुविधा पनि प्रदान गरिनेछ ।

मोबाइलमाण्डुका अनुसार, फेसबुक, इन्स्टाग्राम र टिकटक लगायतका डिजिटल माध्यमबाट गिभअ‍ेवेहरू सञ्चालन गर्ने तथा सहभागी ग्राहकहरूलाई ह्यासट्याग #MonsoonDhamakaSale, #MobileMandu, #FlashSaleNepal प्रयोग गरी आकर्षक उपहार जित्ने अवसरसमेत प्रदान गर्ने जनाएको छ ।

कम्पनीले ग्राहकहरूलाई mobilemandu.com मा गई छुट, गिभअ‍ेवे, र अन्य अफरहरूको लाभ लिन आग्रह गर्दै मनसुनको यो अवसरलाई बचत र उपहारको मौसमका रूपमा उपयोग गर्न सुझाव दिएको छ ।

Advertisment

थप समाचार