Below Menu
Below Menu

नेप्से परिसूचक २८ सय बिन्दु नजिक, १४ अर्ब नाघ्यो कारोबार 

नेप्से परिसूचक २८ सय बिन्दु नजिक, १४ अर्ब नाघ्यो कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३४.६१ अंकले बढेर २७९४.७८ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ३४.४६ अंकले बढेर २७६०.१७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १९३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ५५ कम्पनीको शेयरमूल्य घटेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा १४ अर्ब तीन करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा नौ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज बुटवल पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६१ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा कुमारी डिबेञ्चर र थ्री स्टार हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज माई खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ७.८७ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार