काठमाडौं : सहकारी विभागले एकीकृत निर्देशन २०८२ जारी गरेको छ । विभागले आज (असार ३२ गते) सहकारी संघ संस्थामा सुशासन प्रवर्द्धनको लागि १०२ बुँदे एकीकृत निर्देशन जारी गरेको हो ।
सहकारी ऐन, २०७४ मा भएको पछिल्लो संशोधन र सहकारी क्षेत्रमा आएको परिवर्तनलाई समेत सम्बोधन गरी सहकारी क्षेत्रमा सुशासन प्रवर्द्धनका निर्देशन जारी गरिएकोे विभागका रजिष्ट्रार उमेश ढुङ्गानाले जानकारी दिए ।
नयाँ निर्देशनसँगै यस अघि (२०७९ जेठ १२ गते) जारी गरेको निर्देशन खारेज भएको छ।
Advertisment