Below Menu
Below Menu

पुँजी नपुगेका २३ ब्रोकरलाई थप ९ महिनाको म्याद थप, मार्जिन कारोबार र आईपीओ निष्कासनको बाटो खुल्यो 

पुँजी नपुगेका २३ ब्रोकरलाई थप ९ महिनाको म्याद थप, मार्जिन कारोबार र आईपीओ निष्कासनको बाटो खुल्यो 

काठमाडौं : नेपाल धितोपत्र बोर्डले चुक्ता पुँजी नपुर्याएका २३ वटा ब्रोकर कम्पनीलाई चैत मसान्तसम्मको समय दिएको छ । धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (छैठौं संशोधन) नियमावली, २०८२ जारी गर्दै ब्रोकरलाई पुँजी पुर्याउने समय थप गरेको हो ।

बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ लाई २०७९ भदौ २९ गते पाँचौ संशोधन गर्दै ब्रोकर कम्पनीको चुक्ता पुँजी तोकेको थियो । 

नियमावलीको अनुसूची ९ अनुसार सीमित कार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी २० करोड, पूर्णकार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी ६० करोड र धितोपत्र व्यापारीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।

बोर्डले ब्रोकर कम्पनीहरूलाई तीन वर्षभित्र तोकिएको चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको थियो । बोर्डले दिएको समयसीमा असार मसान्तमा सकिएको छ । २३ ब्रोकर कम्पनीले तोकिएको पुँजी पुर्याउन नसकेपछि बोर्डले समय थप गरेको हो । 

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को नियम १० मा संशोधन गर्दै धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ जारी गरी ‘मूल नियमावली भनिएको) को नियम १० को उपनियम (१) को प्रतिबन्धात्मक वाक्यांशमा रहेका “सम्वत् २०८२ साल असार मसान्तभित्र’ भन्ने शब्दहरूको सट्टा ‘सम्वत् २०८२ साल चैत्र मसान्तभित्र’ भन्ने शब्दहरू राखिएका छन् ।

बोर्डका अनुसार तोकिएको पुँजी पुर्याउन नसकेका पुग्ने ब्रोकरहरु एबिसी सेक्युरिटिज, अरण सेक्युरिटिज, एशियन सेक्युरिटिज, क्रियटिभ सेक्युरिटिज, क्रिस्टल कन्चजंघा सेक्युरिटिज, दिब्या सेक्युरिटिज, इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल, कालिका सेक्युरिटिज, मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ, मार्केट सेक्युरिटिज, मिदास स्टक ब्रोकिङ, नेपाल स्टक हाउस रहेका छन् । 

यस्तै ओपल सेक्युरिटिज इन्भेष्टमेन्ट, प्रज्ञान सेक्युरिटिज, सगरमाथा सेक्युरिटिज, सेक्योर्ड सेक्युरिटिज, सेवा सेक्युरिटिज, सिल्पा सेक्युरिटिज, साउथ एसियन बुल, श्री हरि सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, स्वेता सेक्युरिटिज र त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्टले पनि बोर्डले तोकेको चुक्ता पुँजी पुर्याउन सकेका छैनन् । २३ मध्ये अधिकांश कम्पनीको पुँजी १० करोड भन्दा कम छ ।

यसका साथै बोर्डले ब्रोकर कम्पनीहरूलाई सार्वजनिक निष्कासन (आईपीओ) जारीगर्न सक्ने व्यवस्था पनि गरिदिएको छ । धितोपत्रको सार्वजनिक निष्काशन गर्न अनुमति दिनसक्ने व्यवस्था गर्दै नियमावलीको ११ ‘क’मा भनिएको छ, ‘यस नियमावलीमा जुनसुकै कुरा लेखिएको भएतापनि बोर्डले अनुमति पत्र प्राप्त धितोपत्र व्यापारीलाई धितोपत्रको सार्वजनिक निष्काशन गर्न अनुमति दिन सक्नेछ ।’

बोर्डले मूल नियमावलीको नियम २७ मा पनि संशोधन गरेको छ । मूल नियमावलीको नियम २७ को, (१० उपनियम (१० को खण्ड (ग) को सट्टा खण्ड (ग) राखिएको छ । जसमा ‘(ग) खण्ड (क) बमोजिमको कार्य गर्ने धितोपत्र दलालले सम्बन्धित ग्राहकको नामबाट ग्राहकको आदेश अनुसार धितोपत्र खरिद वा बिक्री गर्न, प्रचलित धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली बमोजिम निक्षेप सदस्यले गर्ने कार्य गर्न, मार्जिन कारोबार सम्बन्धी कार्य गर्न र धितोपत्रको राफसाफ सदस्य सम्बन्धी कार्य गर्न सक्नेछ’ भनिएको छ ।

Advertisment

थप समाचार