Below Menu
Below Menu

नेप्से परिसूचकमा हरियाली, कारोबार रकम साढे १६ अर्बमाथि

नेप्से परिसूचकमा हरियाली, कारोबार रकम साढे १६ अर्बमाथि

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ३४‍.६१ अंकले बढेर २७९४.७८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २३९ कम्पनीको शेयरमूल्य बढेको छ । भने नौ कम्पनीको शेयरमूल्य घटेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १४ अर्ब तीन करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ८४ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा ट्रेड टावर, शुभव पावर र थ्री स्टार हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज एआईबीएल स्टेबल फण्डको शेयरमूल्य ७.५८ प्रतिशतले घटेको छ ।

Advertisment

थप समाचार