सान्भि इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

सान्भि इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सान्भि इनर्जी लिमिटेडको आईपीओ सूचीकृत भएको छ। बिहिबार नेप्सेले कम्पनीको ८८ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३७ लाख ९० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ६० लाख १० हजार कित्ता शेयर गरी कुल ८८ लाख कित्ता शेयर सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १२०.७४ रुपैयाँदेखि ३६२.२२ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर संकेत ‘एसएएनभीआई’ रहेको छ । 
 

थप समाचार