Below Menu
Below Menu

झिनो अंकले बढ्याे शेयर बजार, २१ अर्ब ४६ करोडमाथिको कारोबार 

झिनो अंकले बढ्याे शेयर बजार, २१ अर्ब ४६ करोडमाथिको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार झिनो अंकले बढेकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.३२ अंकले बढेर २८७०.९५ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ७५.८४ अंकले बढेर २८७०.६३ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १०५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४४ कम्पनीको शेयरमूल्य घटेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि उच्च वृद्धि देखिएको छ । आज बजारमा २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ९८ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र सान्भि इनर्जी  कम्पनी रहेका छन । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज समृद्धि फाइनान्स कम्पनीको शेयरमूल्य ८.८८ प्रतिशतले घटेको छ ।

Advertisment

थप समाचार