काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले ३ करोड ९५ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.९६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले २ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढेको हो । यसका साथै संस्थाको खराब कर्जा घटेका कारण पनि नाफामा वृद्धि देखिएको हो ।
असार मसान्तसम्म आइइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी ५९.७४ प्रतिशत बढेर १३ करोड २३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, लघुवित्तको अन्य सञ्चालन आम्दानी १५.४७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४२.१६ प्रतिशत र सञ्चालन मुनाफा ८७.८५ प्रतिशत बढेको छ।
गत आवको सोही अवधिमा ३६७ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा घटेर २.९१ प्रतिशतमा झरेको छ । जसका कारण नाफामा सुधार आएको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी (इपीएस) पनि बढेको छ। यस अवधिमा लघुवित्तको इपीएस १६.१८ रुपैयाँ बढेर ३४.१७ रुपैयाँ पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६४.७८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७९ गुणा रहेको छ।
असार मसान्तसम्म ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ६ करोड ५७ लाख रुपैयाँ सञ्चित छ।
Advertisment