काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२.७२ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ०.३२ अंकले बढेर २८७०.९५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १५३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९६ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ७५ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा थ्री स्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भि इनर्जी कम्पनी रहेका छन । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज कर्पोरेट र ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment