Below Menu
Below Menu

आईपीओ जारी गर्दै सारथी केवल इन्डष्ट्रीज, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त 

आईपीओ जारी गर्दै सारथी केवल इन्डष्ट्रीज, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त 

काठमाडौं : सारथी केवल इन्डष्ट्रीज लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भक्एो छ । नेपालको औद्योगिक तथा वित्तीय क्षेत्रमा एक ऐतिहासिक कदमस्वरूप कम्पनीले बुधवार सिटिजन्स क्यापिटल लिमिटेडसँग प्रारम्भिक सार्वजनिक निश्कासन सम्बन्धी सम्झौता गरेको हो । 

उक्त औपचारिक कार्यक्रम होटल मेरियट, काठमाडौँमा सम्पन्न भएको हो । सम्झौतापत्रमा सारथि केवल इन्डष्ट्रीजका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आगामी आर्थिक वर्ष २०८२/८३ मा आफ्नो जारी पुँजिको २० प्रतिशत सर्वसाधारणलाई निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ। उक्त आईपीओ मार्फत नेपाली नागरिकले एक अग्रगामी र सम्भावनायुक्त उद्योगमा लगानी गर्ने उत्कृष्ट अवसर प्राप्त गर्ने जनाइएको छ । 

आईपीओबाट संकलित रकमको प्रयोग कम्पनीले नेपालमै पहिलोपटक अन्डर ग्राउण्ड केबल उत्पादन सुरु गर्दै नेपालमा विद्युत् सामग्री उत्पादनमा आत्मनिर्भरता ल्याउनेतर्फ एक ऐतिहासिक प्रयास हुने जनाइएको छ । 

त्यसका साथै कम्पनीले अत्याधुनिक प्रविधि प्रयोग गरी आल्मुनियम फर्नस् प्लान्ट जडानगर्ने लक्ष्य लिएको छ। यसले आयातमा निर्भरता घटाउनुका साथै नेपालको विद्युत पूर्वाधारको गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्नेछ। यसका साथै लगानीकर्ताहरू र ग्राहकहरूका लागि दीर्घकालीन मूल्य सिर्जना हुने अपेक्षा गरिएको छ।

सारथी केवल इन्डष्ट्रीज लिमिटेडले बिगत १८ बर्ष देखि नेपालकै सबैभन्दा भरपर्दो र प्रतिष्ठित केवल तथा तार उत्पादन कम्पनीहरूमध्ये एक अग्रणी कम्पनी हो। कम्पनीले मुख्यतः मल्टी स्ट्याण्ड केबल, पावर केबल, कन्सेन्ट्रिक केबल र एसीएसआर कन्डक्टर उत्पादनहरूमा विशेषज्ञता हाँसिल गरेको छ । 

कार्यक्रममा कम्पनीका अध्यक्ष अंकित भुसालले भने, ‘ सम्झौता नेपालको विद्युतीय पूर्वाधारलाई आधुनिकीकरणतर्फ अग्रसर गराउने हाम्रो अभियानमा एउटा महत्वपूर्ण मोड हो। अन्डर ग्राउण्ड केबल उत्पादनको विस्तार, जुन नेपालमै पहिलोपटक हुन गइरहेको छ, हामीले राष्ट्रिय आवश्यकता पूरा गर्न आन्तरिक समाधान उपलब्ध गराउने दिशामा ऐतिहासिक कदम चालेका छौं।’ 

त्यस्तै सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले भने, ‘सारथी केवल इन्डष्ट्रीजसँगको यो सहकार्य हाम्रो लागि गौरवको विषय हो। यस आईपीओ परियोजनाले नेपालको केवल उत्पादन क्षमतामा उल्लेखनीय योगदान दिनेछ र लगानीकर्ताहरूका लागि पनि सुनौलो अवसर प्रदान गर्नेछ ।’ 

नेपालको जलविद्युत् सम्भावनालाई बल पुर्‍याउँदै

नेपालमा करिब ८३,००० मेगावाट जलविद्युत् उत्पादनको सम्भावना रहेको छ, जसमा नेपाल सरकारले सन् २०३५ सम्ममा विद्युत् उत्पादन २८,५०० मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ। देशले जलविद्युत् योजनाहरूको विकास तीव्र गतिमा अगाडि बढाइरहेका बेला उच्च गुणस्तरको विद्युत् पूर्वाधारको माग समेत तीव्र रुपमा वृद्धि हुँदैछ।

सारथी केवल इन्डष्ट्रीज लिमिटेडको भूमिगत केवल उत्पादनतर्फको विस्तारले नेपालको प्रसारण तथा वितरण प्रणालीलाई थप सक्षम बनाउनेछ, जसले देशको विद्युत् उत्पादन र आपूर्तिमा दीर्घकालीन विश्वसनीयता प्रदान गर्नेछ।


 

Advertisment

थप समाचार