Below Menu
Below Menu

खराब कर्जा घट्दा इन्फिनिटी लघुवित्तको नाफा शतप्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 

खराब कर्जा घट्दा इन्फिनिटी लघुवित्तको नाफा शतप्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त  विवरण अनुसार लघुवित्तले यस अवधिमा ९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०४.७१ प्रतिशत बढेको हो। अघिल्लो आवको सोही अवधिमा लघुवित्तले ४ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो।यसका साथै संस्थाको खराब कर्जा घटेका कारण पनि नाफामा वृद्धि देखिएको हो । 

असार मसान्तसम्म आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी ३९.६४ प्रतिशत बढेर ४० करोड ४९ लाख रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन आम्दानी ४९.६७ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ४०.९३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १७०.७७ प्रतिशत बढेको छ।

यस अवधिमा नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी (इपीएस) पनि बढेको छ। लघुवित्तको इपीएस ९.६४ रुपैयाँ बढेर १८.८५ रुपैयाँ पुगेको छ। त्यस्तै लघुवित्तको मूल्य आम्दानी अनुपात ४६.१६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६.६५ रुपैयाँ रहेको छ।

असार मसान्तसम्म४९ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २८ करोड १८ लाख रुपैयाँ सञ्चित छ। 

Advertisment

थप समाचार