काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १८.४४ अंकले घटेर २९६४.२० बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ३.७६ अंकले बढेर २९८२.६४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ६३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८६ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने उच्च वृद्धि देखिएको छ । आज बजारमा २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा १८ अर्ब ४९ करोड चार लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज शिवम् सिमेन्टस् कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ७७ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा समता घरेलु लघुवित्त वित्तीय संस्था र ट्रेड टावर कम्पनी रहेका छन । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ६.३४ प्रतिशतले घटेको छ ।
Advertisment