काठमाडौं : अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यक्रम पुन: कार्यान्वयनतर्फ अगाडि बढ्ने भएको छ ।
एमसीसीले २०८२ साउन ८ गते (२०२५ जुलाई २४) मा नेपाल सरकारलाई पठाएको पत्रअनुसार सन् २०२५ जनवरी २० मा अमेरिकी राष्ट्रपतिको कार्यकारी आदेशले गरेको पुनरावलोकन प्रक्रिया अब औपचारिक रूपमा समाप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । सो पत्रमा एमसीसीको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरिएको उल्लेख छ ।