शुभ लक्ष्मी कोषको लाभांश घोषणा 

शुभ लक्ष्मी कोषको लाभांश घोषणा 

काठमाडौं : लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषले लाभांश प्रस्ताव गरेको छ । कोषले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई कर सहित १६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

साउन १२ गते बसेको कोषको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। 

कोषले लाभांश वितरण प्रयोजनका लागि साउन १३ गते (आज) बुकक्लोज गर्ने समेत निर्णय गरेको छ। जसअनुसार साउन १२ गतेसम्म कायम इकाईधनीहरुले कोषको प्रतिफल प्राप्त गर्न सक्नेछन्। शुभ लक्ष्मी कोष एक खुलामुखि योजना हो। 

थप समाचार