काठमाडौं : लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड–२ ले लाभांश प्रस्ताव गरेको छ ।
लक्ष्मी सनराइज बैंकद्वारा प्रबर्द्धन गरिएको लक्ष्मी सनराइज क्यापिटलको योजना व्यवस्थापनमा रहेको फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
साउन १२ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । फण्डले हाल कायम चुक्ता पुँजीको कर सहित १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
Advertisment