काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३०.७६ अंकले बढेर ३००२.०७ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ७.१० अंकले बढेर २९७१.३१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १७६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७४ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने सामान्य गिरावट देखिएको छ । आज बजारमा १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा १९ अर्ब ३६ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन डिष्ट्रिलरी लिमिटेड कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६४ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर र सान्भि इनर्जी कम्पनी रहेका छन । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.६० प्रतिशतले घटेको छ ।
Advertisment