काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले उत्कृष्ट कार्य गर्ने सहकारी संघ/संस्था तथा अभियानको प्रवद्र्धनमा योगदान पुर्याउने अभियन्ता लगायतका विभिन्न विद्यामा पुरस्कार घोषणा गरेको छ ।
छैठौं स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बागमती प्रोस्कूनले उक्त विधामा सम्मान तथा पुरस्कृत हुने व्यक्तित्व तथा संघ/संस्थाको नाम सचिव ठाकुर बास्कोटाले घोषणा गरेका थिए।
घोषणा अनुसार उत्कृष्ट सहकारी अभियन्ता पुरस्कारबाट राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ल पुरस्कृत हुने भएकी छिन् । संविधान सभाको समेत सदस्य रहेकी मल्ल अन्तर्राष्ट्रिय सहकारी महासंघकी समेत बोर्ड सदस्य भैसकेकी व्यक्ति हुन् ।
त्यस्तै उत्कृष्ट जिल्ला बचत संघबाट काठमाडौं जिल्ला बचत संघ, उत्कृष्ट साकोसमा जनमुखी साकोस दोलखा, उत्कृष्ट महिला साकोस लक्ष्मी महिला साकोस काभ्रे पुरस्कृत हुने भएको छ।
त्यस्तै पूर्व सञ्चालक सम्मान तेजेन्द्रबहादुर खड्का, उत्कृष्ट पदाधिकारी एवं सञ्चालक सम्मान कैलाश केसी (बुडोल सामुदायिक साकोस काभ्रे), उत्कृष्ट व्यवस्थापक (पुरुष) सिताराम सिलवाल (ग्रामिण साकोस चितवन), उत्कृष्ट व्यवस्थापक (महिला) मेनुका दाहाल (जागरण साकोस मकवानपुर), सञ्चारकर्मी मोतिराम तिमिल्सिना (मदानी वीट डटकम) र उत्कृष्ट कर्मचारी (संघ) रामकृष्ण दुलाल रहेका छन् ।
त्यस्तै उत्कृष्ट सेवा उपयोग सम्मानबाट नेचुरल साकोस काठमाडौं, उत्कृष्ट लगानीकर्ता सम्मानबाट विन्धवासिनी साकोस काभ्रे, उत्कृष्ट बचतकर्ता सम्मान दोलखा जिल्ला बचत संघ र एकीकरण गर्ने संस्था बज्रबाराही साकोस मकवानपुरलाई प्रोत्साहन पुरस्कारब प्रदान गर्ने घोषाण भएको छ।
Advertisment