पोखरा (कास्की) : ‘सुखी सदस्य, दिगो सहकारी’ को परिकल्पना बोकेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले बचतकै दरमा ऋण लगानीको नयाँ योजना सार्वजनिक गरेको छ ।
सदस्यहरुलाई बहुआम्दानीका स्रोतहरु सुनिश्चित गर्न प्रेरित गर्ने उद्देश्यका साथ वार्षिक ७.७७ प्रतिशत ब्याजदरमा कर्जा लगानीको योजना सार्वजनिक गरेको हो । यो ब्याजदर नेपालको सहकारी इतिहासमै कम हो । तर, ब्याज अनुदानमा भने अन्य संस्थाले यो भन्दा कम ब्याजदरमा लगानी गर्दै आएको छ।
एक सय दिनसम्म सञ्चालन हुने योजनामा अधिकतम् ७७ लाख रुपैयाँसम्म ऋण लगानी गरिने संस्थाको मुख्य प्रबन्धक तथा सूचना अधिकारी मीलन ढकालले जानकारी दिए।
सदस्यहरुको विश्वासमा आएको बढोत्तरीसँगै साकोसमा उपलब्ध तरलता सदस्यहरुलाई नै धनी बनाउन उपयुक्त परियोजनामा लगानी गर्ने उद्देश्यका साथ पोखरा रोयलले नयाँ योजना सार्वजनिक गरेको प्रबन्धक ढकालले बताए ।
नयाँ तथा पुराना परियोजनाहरुका लागि यो योजना अन्तर्गत ऋण सेवा उपलब्ध गराउन सकिने जनाएको छ ।
२०८२ असार मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थासँग ४४.६७ प्रतिशत तरलता छ । यस अवधिसम्ममा संस्थाको सेयर पुँजी १५ करोड ५५ लाख, जगेडा कोष २२ करोड २३ लाख, कुल बचत २ अर्ब ५ करोड ९५ लाख, विभिन्न कोष १० करोड ८७ लाख, लगानीमा रहेको ऋण १ अर्ब ५३ करोड ८१ लाख, तरलता रकम ९८ करोड (४४.६७ प्रतिशत) रहेको छ ।
त्यस्तै संस्थाको कुल सम्पत्ती २ अर्ब ६५ करोड ३७ लाख रहेको छ । कुल सदस्य १० हजार २ सय २५ छ भने ऋणी सदस्य संख्या १ हजार १ सय १८ जना छ ।
Advertisment