Below Menu
Below Menu

एन आई सी एशिया क्यापिटलद्वारा सञ्चालित चार म्युचुअल फण्डहरुको लाभांश घोषणा, कुनको कति ?

एन आई सी एशिया क्यापिटलद्वारा सञ्चालित चार म्युचुअल फण्डहरुको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं : एन आई सी एशिया क्यापिटलद्वारा सञ्चालित सामूहिक लगानी कोष अर्थात म्युचुअल फण्डहरुले नगद लाभांश घोषणा गरेका छन् ।

क्यापिटलको व्यवस्थापनमा सञ्चालित चार म्युचुअल फण्डहरुले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई साढे ३६ करोड रुपैयाँ बराबर प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन् ।

आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीबाट ३६ करोड ५४ लाख २२ हजार ४१० दशमलव ८६ रुपैयाँ बराबरको करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १०.१० प्रतिशत, एनआईसी एशिया ब्यालेन्सले ९.९० प्रतिशत, एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड) ले ८.६५ प्रतिशत र एनआईसी एशिया डानामिक डेप्ट फण्डले ५.५५ प्रतिशत नगद लाभांस वितरण गर्ने घोषणा गरेका हुन् । 

प्रस्तावित नगद लाभांश वितरण प्रयोजनका लागि उक्त फण्डहरुले साउन २९ गते एक दिन इकाइधनी पुस्तिका बन्द गर्ने भएका छन् । जस अनुसार साउन २८ गते बुधबारसम्म कायम इकाईधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन् । 

Advertisment

थप समाचार