Below Menu
Below Menu

शेयर बजारमा उच्च अंकको पहिरो, कारोबार रकम १३ अर्बमा झर्यो 

शेयर बजारमा उच्च अंकको पहिरो, कारोबार रकम १३ अर्बमा झर्यो 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६३.७३ अंकले घटेर २८५८.९० बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ३१.५० अंकले घटेर २९२२.६३ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १६ कम्पनीको शेयरमूल्य बढेको छ । भने २३३ कम्पनीको शेयरमूल्य घटेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा १३ अर्ब सात करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ७५ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा ट्रेड टावर र शिवश्री हाइड्रोपावर कम्पनी रहेका छन । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज सान्भि इनर्जी कम्पनीको ९.९९ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार