Below Menu
Below Menu

एक दर्जनबढी म्युचुअल फण्डद्वारा लाभांश घोषणा, कुनको कति ?

एक दर्जनबढी म्युचुअल फण्डद्वारा लाभांश घोषणा, कुनको कति ?

काठमाडौं : सामुहिक लगानी योजना (म्युचुअल फण्ड) हरुले धमाधम लाभांश वितरण घोषणा गरिरहेका छन् । हालसम्म एक दर्जन म्युचुअल फण्डहरुले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । 

लाभांश घोषणा गर्ने म्युचुअल फण्डहरुमध्ये सबैभन्दा बढी लाभांश प्रस्ताव गर्नेमा सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज ब्लुचिप फण्ड रहेको छ ।

लक्ष्मी सनराइज बैंकद्वारा प्रबद्र्धन गरिएको लक्ष्मी सनराइज क्यापिटलको योजना व्यवस्थापनमा रहेको फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई १९ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

साउन १२ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई १९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत नै सञ्चालित लक्ष्मी भ्यालु फण्ड–२ ले लाभांश प्रस्ताव गरेको छ । फण्डले हाल कायम चुक्ता पुँजीको कर सहित १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषले लाभांश प्रस्ताव गरेको छ । कोषले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई कर सहित १६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

एन आई सी एशिया क्यापिटलद्वारा सञ्चालित सामूहिक लगानी कोष अर्थात म्युचुअल फण्डहरुले नगद लाभांश घोषणा गरेका छन् । क्यापिटलको व्यवस्थापनमा सञ्चालित चार म्युचुअल फण्डहरुले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई साढे ३६ करोड रुपैयाँ बराबर प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन् ।

आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीबाट ३६ करोड ५४ लाख २२ हजार ४१० दशमलव ८६ रुपैयाँ बराबरको करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १०।१० प्रतिशत, एनआईसी एशिया ब्यालेन्सले ९.९० प्रतिशत, एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड) ले ८.६५ प्रतिशत र एनआईसी एशिया डानामिक डेप्ट फण्डले ५.५५ प्रतिशत नगद लाभांस वितरण गर्ने घोषणा गरेका हुन् । 

प्रस्तावित नगद लाभांश वितरण प्रयोजनका लागि उक्त फण्डहरुले साउन २९ गते एक दिन इकाइधनी पुस्तिका बन्द गर्ने भएका छन् । जस अनुसार साउन २८ गते बुधबारसम्म कायम इकाईधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंक कोष प्रवद्र्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको ‘कुमारी सुनौलो लगानी योजना’को लाभांश घोषणा गरेको छ । गत मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले म्युचुअल फण्डका इकाईधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट करसहित ८.८८ प्रतिशत लाभांश घोषणा गरेको हो ।

साथै प्रतिफल वितरण प्रयोजनार्थ साउन १३ गते बुक क्लोज गरेको निर्णय गरेको छ । जसअनुसार साउन १२ गतेसम्म कायम इकाईधनीहरू मात्रै उक्त प्रतिफल प्राप्त गर्न सक्नेछन् । 

कुमारी सुनौलो लगानी योजनाका इकाईधनीहरूले लाभांश प्राप्त पश्चात् समायोजित मूल्यमा पुनः लगानी योजनामार्फत उक्त रकमले थप इकाईहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ । जसका लागि साउन २७ गतेभित्र नाम दर्ता गराउनुपर्नेछ । 

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–इ ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेको छ । कोषले इकाईधनीहरुलाई कर सहित ४.२७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

योजना व्यवस्थापक एनएमबि क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । कोषले प्रतिफल वितरण प्रयोजनका लागि साउन १६ गते बुकक्लोज गरेको छ । गरेको छ । जसअनुसार साउन १५ गतेसम्म कायम इकाईधनीहरुले कोषको प्रतिफल प्राप्त गर्न सक्नेछन् । 

एनएमबि सरल बचत फण्ड–इ एक खुलामुखि योजना हो । यस कारण योजनाको डिभिडेन्ड रि इन्भेष्टमेन्ट प्लानमा सहभागीता जनाउने इकाईधनीहरुको प्रतिफल रकम प्रचलित कानुन बमोजिम लागु हुने कर र इकाई खरिद गर्दा लाग्ने निर्धारित शुल्क कट्टी गरेपश्चातको खुद रकम बराबरको इकाई हितग्राही खातामा पठाइने व्यवस्था मिलाइने क्यापिटलले जनाएको छ ।

गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित गरिमा समृद्धि योजनाले गत आर्थिक वर्षका लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । 

साउन १५ गते बसेको यस योजनाको योजना व्यवस्थापक गरिमा क्यापिटलको सञ्चालक समितिको बैठकले कर सहित ५.१० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

यसका साथै सो बैठकले लाभांश वितरण प्रयोजनका लागि साउन २७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन् । यस योजनाको कोष प्रबद्र्धक गरिमा विकास बैंक लिमिटेड रहेको छ ।

सानिमा लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित खुद मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुम्जीको ५.७५४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

साउन ४ गते बसेको कम्पनीको सञ्चालक समितिको प्रस्तावित लाभांश पारित गर्न भदौं ४ गते दोस्रो वार्षिक साधारणसभा गर्ने समेत निर्णय गरेको छ । 

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ ले गत आवको मुनाफाबाट इकाईधनीहरुलाई करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

यसका साथै फण्डले प्रतिफल वितरण प्रयोजनका लागि साउन ११ गते बुक क्लोज समेत गरिसकेको छ । जस अनुसार साउन १० गतेसम्म कायम इकाईधनीहरुले कोषको प्रतिफल प्राप्त गर्ने सक्नेछन् । 

एनआईएमबि क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘एनआईबिएल सहभागिता फण्ड’ ले गत आवको मुनाफाबाट इकाईधनीहरुलाई करसहित ७ प्रतिशत लाभां प्रस्ताव गरेको छ । 

उक्त फण्ड खुलामुखी योजना हो । फण्डको स्वीकृत कोष आकार ६ अर्ब समाप्त भएकाले उक्त सीमा भन्दा माथिको ईकाई लगानीकर्ताको हितग्राही खातामा जम्मा नभएता पनि बुक क्लोज मिति साउन ५ गतेसम्म गानी गर्ने लगनाीकर्ताले धितोपत्र बोर्डबाट योजनाको आकार वृद्धिको स्वीकृति प्राप्त गरेपछि उपरोक्त लाभांश प्राप्त गर्न सक्नेछन् । 

Advertisment

थप समाचार