Below Menu
Below Menu

नाडा अटो शो २०२५ को तयारी पुरा, एक लाख बढीले अवलोकन गर्ने

नाडा अटो शो २०२५ को तयारी पुरा, एक लाख बढीले अवलोकन गर्ने

काठमाडौं : नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले भदौ ३ गतेदेखि ८ गतेसम्म 'नाडा अटो शो २०२५' आयोजना गर्दैछ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै नाडाले शो को तयारी बारे जानकारी दिएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष करण चौधरीले नाडा अटो शो प्रदर्शनी मात्र नभएर अटो व्यवसायी को चाड रहेको बताए।

अटो शो मा दुरदर्शी सोचलाई आत्मसात गरी यस वर्ष मोबिलिटी, अटो के हो र आगामी भविस्य कस्तो बनाउने भन्ने विषयलाई देख्न पाइने बताए । उनले भने, 'अटो क्षेत्रको वास्तविक ओझन देखाउन चाहन्छु।' 

यसका साथै उनले विगतका तुलनामा यस वर्षको नाडा अटो शोमा आमूल परिवर्तन र प्रविधिकको प्रयोग देख्न पाइने बताए ।

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने शोको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्नेछन्। 

नाडाका अनुसार यो प्रदर्शनी मात्र नभई नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटी को प्रतिबिम्ब हो। 

"गो फर योर" भन्ने नारासहित आयोजना हुने यस वर्षको शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउने नाडाको भनाई छ ।

कुन कुन ब्राण्ड आउँदैछन ?

नाडा अटो शो २०२५ मा रोबोट्स स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे रोबोटहरू (युनिट्री) र भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलक डीपल इभीटीओएल युएभी प्रविधिहरू प्रस्तुत गरिनेछन् ।

अटो शो मा यसका अतिरिक्त १९ वटा चारपांग्रे ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू, ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू, ३५ कम्पनीहरू (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू) रहनेछन्। 

यसका साथै शो मा १२५ भन्दा बढी प्रदर्शनहरू र एक लाखभन्दा बढी आगन्तुकको अपेक्षा गरिएको आयोजकले जनाएको छ। 

तीन लाख वर्गफुट क्षेत्रफल र एक लाख ६२ हजार ५०० वर्गफुट प्रदर्शनी क्षेत्र सहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुने आयोजकको भनाई छ।

कार्यक्रम निम्न साझेदार संस्थाहरूको सशक्त समर्थनमा सम्पन्न हुँदैछ। 

Title Sponsor: UNITREE (MAW Vriddhi)

Co-Sponsor : Shikhar Insurance Company Ltd.

 Powered By: Campa Cola

• Mobility Partner: Yango

• Exclusive Ticketing Partner: Khalti by IME (भदौ २ गतेसम्म अग्रिम टिकटमा २०% क्यासब्याक)

• Official Internet Partner: WorldLink

Surveillance Partner: CCTV Nepal

• Fire Safety Partner Himalayan Safety Solutions Pvt. Ltd.

• Hospital Partner: Kist Hospital

• Hospitality Partner: The Plaza

Door Prize: Nepal Lube Oil Limited (provide free lubricants in every service for one year for 12 lucky winners)

Event Managed by: Global Exposition & Management Services Pvt. Ltd. (GEMS)

 

Advertisment

थप समाचार