Below Menu
Below Menu

रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम नौ अर्बमा समेटियो 

रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम नौ अर्बमा समेटियो 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४१.३५ अंकले घटेर २८३४ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ८.६२ अंकले बढेर २८६७.५२ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ४६ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०४ कम्पनीको शेयरमूल्य घटेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा ९ अर्ब ३३ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा १० अर्ब ८२ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३९ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा समाज लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज थ्री स्टार हाइड्रोटावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार