मुक्तिनाथ म्युचुअल फण्ड–१ को लाभांश घोषणा, बुक क्लोज कहिले ? 

मुक्तिनाथ म्युचुअल फण्ड–१ को लाभांश घोषणा, बुक क्लोज कहिले ? 

काठमाडौं : मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड–१ ले लाभांश घोषणा गरेको छ । साउन २० गते बसेको फण्डको योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

फण्डले हाल कायम चुक्ता पुँजीको कर सहित ३.८० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। लाभांश वितरण प्रयोजनका लागि फण्डले साउन ३० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार साउन २९ गतेसम्म कायम इकाईधनीहरुले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।


 

थप समाचार